काठमाण्डौ । सिद्धार्थ बैंकले प्युठानको जुम्रीमा भदौ ५ गतेका दिन एक विशेष समारोहका बीच आफ्नो शाखा कार्यलय विस्तार गरेको छ । बैंकले सो नयाँ शाखा कार्यालय मार्फत आफ्ना सम्पूर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।  

बैंकले हाल देशभर रहेका ७६ शाखा,  २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४ सय ५० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।