काठमाण्डौ । धितोपत्र बोर्डले सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडलाई उसको तेश्रो म्युुचुुअल फण्ड ‘सिद्धार्थ इक्वीटी फण्ड’ संचालनको अनुमति दिएको छ । 

योसँगै यो म्युचुुअल फण्डले १० रुपैयाँ प्रति इकाईको दरले १ अर्ब २० करोड मूल्यको १२ करोड इकाई सर्वसाधारणका लागि निश्कासन गर्नेछ ।

यो स्किमलाई भदौ १४ गते इकाई निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ । 

निकट भविष्यमै प्रक्रिया पुर्याएर सिद्धार्थ क्यापिटलले १२ करोड इकाईमा लगानीका लागि आइपीओको निश्कासन खुलाउनेछ । 

सर्वसाधारणले दशैंअगाडि नै नयाँ म्युुचुुअल फण्डमा लगानीको अवसर पाउनेछन् । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरुका लागि म्युुचुुअल फण्ड एक उत्तम विकल्प हो । पछिल्लो समय नेपालमा संचालित करिब एकदर्जन म्युुचुुअल फण्डहरुले वार्षिक रुपमा इकाईधनीहरुलाई सरदर २० प्रतिशतको दरले रिटर्न दिइरहेका छन् । 

सिद्धार्थ क्यापिटलले ५० करोडको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ र सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम संचालनमा ल्याएको थियो । यी दुुईमध्ये पाँचवर्षे बन्दमुखी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम आउने पुस ९ गते परिपक्व हुँदैछ ।