काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई डबल अफर सार्वजनिक गरेको छ । 

कम्पनीको कात्तिक १ गते बसेको १२३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि कायम हुने चुक्तापूँजीको ३५ प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको हो । 

बोर्डको यो निर्णय बिमा समिति र कम्पनीको आगामी १६ औं वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २२ करोड रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । ५३ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड ४१ लाख रुपैयाँ र बिमाकोषमा ४१ करोड ३४ लाख रुपैयाँ राखेको छ ।

सेयरधनीलाई १० प्रतिशत बोनस दिएपछि चुक्तापूँजी ६४ करोडको उचाईमा पुुग्नेछ । त्यसपछि ३५ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ८६ करोड माथि पुुग्नेछ । 

यो कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १४८० रुपैयाँ रहेको छ ।