काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ८ करोड ३३ लाख रहेकोमा यो वर्ष ८ करोड ७८ लाख भएको हो । 

यो इन्स्योरेन्सको ८७ करोड १२ लाख कुल बिमा शुल्क आर्जन भएको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा ७४ करोडमा सीमित थियो । लगानी कर्जा तथा अन्यबाट यो कम्पनीले ४ करोड ३८ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ६७ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा सिद्धार्थ इन्स्योरेन्सले ४६ करोड ३८ लाख बढीको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको यस्तो भुक्तानी ३४ करोड २९ लाख रहेको थियो । 

यो अवधिसम्म कम्पनीको जारी बिमालेखको संख्या ७६ हजार ७ सय २१ रहेको छ भने नवीकरण गरिएको बिमा लेखको संख्या १४ हजार ८ सय २१ रहेको छ । 

यो बिमा कम्पनीको जगेडाकोषमा भारी पहिरो गएको देखिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ५४ लाख रहेको कोष घटेर समीक्षा अवधिमा ७ करोड ९० लाखमा सीमित बन्न पुुगेको छ । 

बिमा कोषमा ४५ करोड ६६ लाख रहेको छ, अघिल्लो वर्ष कोषमा ३४ करोड ४४ लाख रहेको थियो ।