काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले निश्कासन गर्न लागेको ३५ प्रतिशत हकप्रदलाई इक्रा नेपालले औसत आधारहरु जनाउने आइपीओ ग्रेड ३ प्लसको ग्रेडिङ प्रदान गरेको छ । 

यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत रहेको भन्ने देखाउँछ । 

सिद्धार्थ इन्स्योरेन्सले निकट भविष्यमै २२ करोड ४४ लाख ९७ हजार ३ सय ५० रुपैयाँ बराबरको हकप्रद निश्कासन गर्नेछ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

कम्पनीको हकप्रद सेयरको निश्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ ।

चालु आर्थिक वर्ष अघि ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्तापूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । उक्त पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।