काठमाण्डौ । सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि.बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त कम्पनीबीच एक विशेष कार्यक्रमका बीच सो सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको हो । 

सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका थिए ।

सो सम्झौतासँगै इजीलिंक रेमिट्यान्समार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरका ११२ शाखाहरुबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ । 

सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए ।