काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आषाढ २४ गते रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई रू. दुई लाख पचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ ।

गैरसरकारी संगठनसंग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि यो संस्था कार्यरत रहँदै आएको छ । 

बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिने बताइएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका थिए । 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिदै जाने कुरा सो क्रममा जानकारी गराइएको थियो ।