काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना इकाईधनीलाई ११ प्रतिशत(करसहित) प्रतिफल वितरण गर्ने भएको छ । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भई प्रतिफल निश्चित भएको हो । 

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते अपरान्ह ३ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११ प्रतिशत(कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय भएको बताइएको छ ।