काठमाण्डौ । सिद्धार्थ बैंकले भदौ ९ गते सोमबार धनुषाको रामानन्द चोक र बाँकेको वीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यी दुईसहितत बैंकका शोखा संख्या अब १६३ पुगेको छ ।