काठमाण्डौ । सिद्धार्थ बैंकले सोमबार एैकदिन काठमाण्डौको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ती शाखाहरु सञ्चालनमा ल्याएको हो । 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यी तीनसहित बैंकको देशभर शाखा संख्या १६६( ४ एक्सटेन्सन काउण्टरसहित) पुगेको छ भने १०१ शाखारहित बैंकिङ इकाई, १८२ वटा एटीएम १५०० भन्दा बढी पस मेसिन रहेका छन् ।