काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकले हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँको २५.२६ प्रतिशत अर्थात् २ अर्ब २४ करोड ५२ लाख ८९ हजार ५६८ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १० प्रतिशत अर्थात ८८ करोड ८७ लाख ६० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र १५.२६ प्रतिशत अर्थात १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) रहको छ ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।