काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा कात्र्तिक ७ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । 

बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे हो । 

साधारण सभाले बैंकको चुक्तापूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँको १० प्रतिशत बराबरको रु अठासी करोड सतासी लाख साठी हजार चारसय चौवन्न रुपैयाँ बराबरको बोनस सेयर तथा १५.२६ प्रतिशत बराबरको रु १ अर्ब ३५ करोड पैसठ्ठी लाख २९ हजार ११४ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । 

यी प्रस्ताव पारित भएसँगै सिद्धार्थ बैंकका सेयरधनीले तिहार खर्चको रुपमा नगद बोनस पाउनेछन् । सेयरधनीको खातामा बिहीबार साँझदेखि नै पारित नगद प्रस्ताव पठाउन थालिएको बैंकले जनाएको छ । 

बैंकले आश्विन मसान्त सम्ममा१२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८६ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।