काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशः बिस्तार गरिने बैंकले जनाएको छ । 

यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकले दाबी गरेको छ । आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई चूूस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने विश्वास बैंकले लिएकोे छ ।

बैंकले देशभर १७२ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ ब्त्ः र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।