काठमाण्डौ । सिद्धार्थ बैंकले गत माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।