काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडको हकप्रदमा आवेदन दिन सोच्नु हुँदैछ ? त्यसो हो भने तपाईले यो कम्पनीमा गरिएको लगानीबाट खासै ठूलो रिटर्न नपाउन सक्नुहुन्छ । कारण, यो कम्पनीको अवस्था आधारभूतभन्दा कमजोर र समग्रमै सबैभन्दा कमजोर रहेको भन्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आउन लागेको हकप्रदका लागि आइपीओ ग्रेड ५ को रेटिङ दिएको छ।

इक्रा नेपालले कम्पनीको अवस्था हेरेर १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्छ । जसमा ग्रेड १ ले बलियो आधारहरु रहेको संकेत गर्छ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।  

यही आधारमा हेर्दा सिनर्जी फाइनान्सको आधारभूत अवस्था सबैभन्दा कमजोर रहेकोले यसको हकप्रदले ग्रेड ५ को रेटिङ प्रदान गरेको देखिन्छ । 

यो कम्पनीले ११लाख ८६  हजार २२.४७ कित्ता हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रदको बिक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ ।