काठमाण्डौ । सर्वसाधारणका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले खुलाएको २१ करोड बराबरको २१ लाख कित्ताको आवेदन पहिलो दिन नै ओभरसस्क्राइब्ड भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको आइपीओका लागि पुस ८ गते(शुक्रबार)देखि आवेदन मागिएकोमा पहिलो दिन नै माग भन्दा २ गुणा बढीको आवेदन बिक्री प्रबन्धक सानिमा क्यापिटलका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिन(शुक्रबार) देशभरका संकलन केन्द्रबाट ४० करोड बढी रकमको आवेदन परेको छ । पहिलो दिन कुल ६ हजार ५ सय आवेदन परेका बताइएको छ । 

यसअघि आइपीओका लागि आवेदन दिने पहिलो चरणको अन्तिम मिति पुस १२ गते तोकिए पनि क्रिस्टमसको सार्वजनिक विदाका कारण एकदिन बढेर पुस १३ गतेसम्म पुुगेको छ । पहिलो दिन नै माग भन्दा दोब्बरको हाराहारीमा आवेदन परेपछि बाँकी दिनहरुमा अझ बढी भीड बढ्ने देखिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलका कर्मचारीहरुले बताएका छन् । 

इच्छुुक सेयरधनीले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

सिनर्जीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धक रहेको छ । 

कुल निश्कासन गर्न लागिएकोमध्ये कम्पनीले ६३ हजार कित्ता(३ प्रतिशत) आफ्ना कर्मचारीका लागि, १ लाख ५ हजार कित्ता(५ प्रतिशत) १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुुग्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनीको ४२ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ७ करोड लगानी रहेको छ । सिनर्जी पावरको अधिकृत पूँजी ७० करोड रुपैयाँको छ । 

आइपीओ निश्कासन र व्यवस्थापनपछि कम्पनीमा संस्थापक–आयोजना प्रभावित क्षेत्रका बासिन्दा–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०–१०–३० प्रतिशत कायम हुनेछ । 

यो कम्पनीले दोलखामा १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यसअघि यो कम्पनीले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको आइपीओ जारी गरेको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था खासै सन्तोषजनक नरहेको भन्ने हुन्छ । 

आवेदन संकलन केन्द्रहरु
१.सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, भगवतीवहाल, नक्साल काठमाण्डौ, फोन :४४४०४३३
२.सानिमा क्यापिटल लिमीटेड, नारायणचौर नक्साल, काठमाण्डौ । फोन : ४४२८९५६
३.सानिमा बैंकका काठमाण्डौ, ललितपुर, भक्तपुर र देशभरका यी शाखा कार्यालयहरु :