काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा शुक्रबार प्राइम कमर्सियल बैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ । 

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले शाखा कार्यालय फिक्कलको समुदघाटन गरेका बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तारको क्रमलाई निरन्तरता दिने जनाएको छ ।