काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सिन्धु विकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र सिन्धु विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानूले हस्ताक्षर गरे ।

यो सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि NCHL-IPS प्रणाली उपलब्ध गराउनेछ ।

यो प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटान्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

यो प्रणालीमा हालसम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग डाइरेक्ट सदस्यको रुपमा र अन्य ५ कम्पनीसंग इन्डाइरेक्ट(टेक्निकल मेम्बर) सदस्यको रुपमा सम्झौता गरिसकेको छ ।