काठमाण्डौ । 'खोलौ बैंक खाता अभियान–२०७६' अन्तर्गत बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन सिन्धु विकास बैंकले ८ प्रतिशतको उच्च ब्याजदरसहित ग्राहकका लागि “मेरो पहिलो बैंक खाता” भन्ने नयाँ बचत खाता संचालनमा ल्याई एक महिने अभियान संचालन गरेको छ । 

यो बचत खाता हालसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थामा खाता संचालन नगरेकाहरुले खाता खोल्न सक्नेछन् । 

यो बचत खाता खोल्दा ग्राहकले कुनै पनि रकम जम्मा गर्न नपर्ने बरु बैंकले नै रु १०० राखिदिने ब्यवस्था गरेको छ । 

ग्राहकहरुले नागरिकता, सवारी साधन चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता परिचयपत्र, सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्र वा स्थानीय निकायले जारी गरेको फोटोसहितको सिफारिसपत्रको आधारमा खाता खोल्न सकिने र बैंकका कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सकिने छ ।