काठमाण्डौ । सिन्धुु विकास बैंकले सोमबारदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

यो बैंकले १०० रुपैयाँ अंकित मूल्यको कुल २० लाख ९७  हजार ५ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । 

बैंकका सेयरधनीले आगामी असोज २२ गतेभित्रमा तोकिएका केन्द्रमा गएर सेयर खरीदका लागि आवेदन दिनसक्नेछन् । 

यसअघि भदौ १८ गतेदेखि नै बिक्री खुल्ला गर्ने भनिए पनि सो दिन इद परेकोले निश्कासनलाई एक दिन पछाडि धकेलिएको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले काठमाण्डौको लाजिम्पाटस्थित बिक्री प्रबन्धकको मुख्य कार्यालय, सिन्धुु विकास बैंकको प्रधान कार्यालय तथा शाखा कार्यालयहरु, इन्भेष्टमेन्ट बैंक लिमीटेडका शाखा कार्यालयहरु: पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीमा गएर हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।