काठमाण्डौ । सिन्धु विकास बैंकले प्रस्ताव गरेको बोनस दर नेपाल राष्ट्रबैंकले स्वीकृत गरेको छ । 

बैंकको जेठ ३१ गते सम्पन्न २१८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ५.९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी ४७ करोड १९ लाख रुपैयाँ रहेको छ । यसमा २ करोड ८० लाख बराबरको बोनस सेयर वितरणको स्वीकृति पाएको हो ।
राष्टबैंकले असार ८ गते बोनसलाई स्वीकृत गरेको र अब साधारणसभाले पारित गरेपछि सिन्धुका सेयरधनीले घोषित बोनस पाउनेछन् ।