काठमाण्डौ । सिन्धु बिकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरे।

यो सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले नेपाल लाइफ इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन ।