काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले २०७५ पौष २८ गते आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

साधारणसभाले आ.ब. ०७४/०७५ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । 

साधारण सभाबाट बैंकको संस्थापक शेयरधनि समूह तर्फको संचालकहरुमा राजेन्द्रकुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चयकोष निर्बिरोध निर्वाचित भएका छन् । साथै पुस २९ गते बसेको संचालक समितिको २३९ औं बैठकले बैंकको अध्यक्ष पदमा राजेन्द्रकुमार श्रेष्ठलाई निर्बिरोध चयन गरेको छ । 

बैंकले न्यूनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क एबीबीएस लगायत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

हालसम्म बैंकले  २ अर्ब भन्दा बढी निक्षेप संकलन गरी रु. २ अर्ब ८० करोड भन्दा बढी कर्जा प्रवाह गरेको बताइएको छ।

०६७ साल भाद्र २२ गतेबाट स्थापना भएको यो बैंकको हाल सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी र जलबिरेमा गरी १३ वटा शाखाहरु लगाएत सुकुटे र सिलढुङ्गा सिमिति बैंकिङ इकाईहरु गरी १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।