काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सिबिआइएल क्यापिटल लिमीटेडले ३ करोडको आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले केही समयपछि ३ करोडको आइपीओ निश्कासन गर्न लागेको हो । 

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

सीबीआइएल क्यापिटल आइपीओ निश्कासनको प्रक्रिया थाल्ने देशकै पहिलो मर्चेन्ट बैंक हो ।