काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफबिजिनेस अफिसर सुजितकुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरे ।

अब सानीमा लाइफका जीवन बीमा सेवालाई बिना झञ्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरुमार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । 

सिभिल बैंकले यसअघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।