काठमाण्डौ । सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । 

मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक  दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

“समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले वित्तीय साक्षरताबिना नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।