काठमाण्डौ । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडमा विभिन्न पदमा दर्जनौं कर्मचारीहरुको माग गरिएको छ ।

सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, शाखा कार्यालय तथा निकट भविष्यमा खुल्न गइरहेका नयाँ शाखा कार्यालयका लागि कर्मचारी माग गरिएको संस्थाले जनाएको छ । 

मंगलबार कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार केन्द्रीय कार्यालयअन्तर्गतको सूचना प्रविधि विकासमा काम गर्ने गरी एकजना कनिष्ठ अधिकृत, केन्द्रीय कार्यालयकै लागि अर्को एकजना कनिष्ठ अधिकृत, शाखा कार्यालयका लागि केही वरिष्ठ सहायक प्रमुख र उपत्यका बाहिरका शाखा कार्यालयका लागि केही कनिष्ठ सहायक गरी दर्जनौ कर्मचारी मागिएको हो ।

उपत्यका बाहिरका शाखा कार्यालयमा मागिएको कनिष्ठ सहायका लागि एसएलसी सरहको अध्ययन पूरा गरेका फ्रेस जनशक्तिले आवेदन दिन पाउनेछन् भने वरिष्ठ सहायक(शाखा प्रमुख)मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णय गरी लघुवित्त बित्तीय संस्थामा सहायक पदमा रही २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

यस्तै, केन्द्रीय कार्यालयमा मागिएको कनिष्ठ अधिकृत पदमा अन्य कुनै लघुवित्त वित्तीय संस्थामा वरिष्ठ सहायकको रुपमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।