काठमाण्डौ । सिभिल बैंक लिमीटेडले नेपाल राष्ट्रबैंकबाट आफ्ना सेयरधनीलाई १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने स्वीकृति पाएको छ ।

यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ७४ करोड ४० लाख भन्दा बढी मूल्यको बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ९१ लाख बढी नगद लाभांश वितरणको स्वीकृति पाएको हो ।

केन्द्रीय बैंकले सिभिल बैंकलाई असार ५ गते प्रस्तावित बोनस तथा नगद लाभांश बाँड्न अनुमति दिएको हो ।

अब बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी केन्द्रीय बैंकले तोकेको ८ अर्ब भन्दा केही माथि पुग्नेछ ।