काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

अब अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झञ्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmतउपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

सिभिल बैंकले यसअघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।