काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको शुक्रबार मध्यान्ह १२ बजे बसेको संचालक समितिको २६४ औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट लगानीकर्तालाई हालको चुक्तापूँजीको ४.०५ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद लाभांश वितरण गर्न खोजेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।