काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग आफ्ना ग्राहकको सहुलियतका लागि एक सम्झौता गरेकोछ । 

आफ्ना ग्राहकलाई सो हस्पिटलको सेवा सुविधामा छुट दिने उद्देश्यले बैंकले एक सम्झौता गरेको हो । 

सोमबार  एक कार्यक्रमका बीच बैंकले ह्याम्ससँग सम्झौता गरेको हो । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका थिए । 

सम्झौतासँगै सिभिल बैंकका ग्राहकहरुले यो हस्पिटलको सेवामा विशेष छुट पाउनेछन् ।