काठमाण्डौ । सिभिल बैंक लिमीटेडले असार ८ गते(आज)देखि बिक्री नभएको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको छ । 

यो बैंकले केही समयअघि हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको संस्थापक समूहतर्फको सेयर लिलामीबाट बिक्री गर्न शिलबन्दी बोलपत्र खुलाइएको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०००० कित्ताका लागि र न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ मूल्य राखी बोलपत्र पेश गर्नुपर्नेछ । 

लिलामी प्रक्रिया व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

ग्लोबल आइएमई क्यापिटलको जमलस्थित मुख्य कार्यालयबाट इच्छुकले बोलपत्र भर्न सक्नेछन् ।