काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी हस्पिटलसँग सम्झौता गरेको छ ।

ग्राण्डी हस्पिटलसँग एक कार्यक्रमका बीच त्यस्तो सम्झौता भएको हो । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट मार्केटिङकी कन्ट्री हेड शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्फबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले हस्ताक्षर गरे ।

यो सम्झौताससँगै अब सिभिल बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।