काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक समूहतर्फ १२.८२ लाख कित्ता सेयर सोमबारबाट बिक्रीमा राखेको छ ।

बैंकले प्रतिसेयर रु १०० अंकित दरका जम्मा १२ लाख ८२ हजार ८८१ कित्ता सेयर सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न संस्थापक सेयरधनी/बैंक तथा वित्तीय संस्थाको संस्पापक सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ १६ गतेभित्र काठमाण्डौको सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडमा गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्रा रु. १०० तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

बैंकले संस्थापक समूहका सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई सेयर बिक्री गरिने जनाएको छ । यसबाट पनि सेयर बाँकी रहेमा त्यसपछिको बढी दररेटमा खरिद माग गर्ने आवेदनकलाई बिक्री गरिने बैंकले स्पष्ट पारेको छ ।

बैंकका अनुसार प्राप्त आवेदन भदौ १६ गते कार्यालय समयभित्र सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडमा खोलिनेछ ।