काठमाण्डौ । सिभिल बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशअनुसार बैंकले चुक्तापुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँको ६.५७ प्रतिशतले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१.५८ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गर्ने बैंकले जनाएको छ ।