काठमाण्डौ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १५ करोड ८९ लाख रुपैयाँ कमाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले यो खुद नाफा गत वर्षको तुलनामा भन्दा १४.१० प्रतिशतले कम हो । गत वर्ष बैंकले १८ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २ करोड ९८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा २२ करोड ५९ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा २७ करोड १ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ६० करोड २९ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ४२ अर्ब ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १८ लाख रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ४१ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार १ अर्ब ६० करोड रुपैयाँ नै थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ रहेको छ । बैंकको पीई अनुपात १८ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८.७७ रुपैयाँ रहेको छ ।