काठमाण्डौ । सिभिल बैंक लिमिटेडले विभिन्न पदमा थुप्रै कर्मचार माग गरेको छ ।

बैंकले इन्ट्री लेभलदेखि ब्रान्च म्यानेजरसम्मका पदमा एकैपटक ११० जना कर्मचारी माग गरेको हो । बैंक सबैभन्दा बढी इन्ट्री लेभलको अपरेसन्स असिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको छ । यो पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थामा कम्तीमा प्रमाणपत्र तह वा प्ल टु उत्तीर्ण र बैंकिङ क्षेत्रमा अपरेसन तथा सेल्ससम्बन्धी काम एक वर्षको हुनुपर्नेछ ।

अपरेसन्स असिस्टेन्ट पदमा आवेदन दिन पुरुषको हकमा १९ वर्ष पूरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै बैंकले रिलेसनसिप म्यानेजर पदमा ३० जना तथा ब्रान्च म्यानेजर र अपरेसन इन्चार्जमा १५/१५ जना कर्मचारी माग गरेको छ ।

रिलेसनसिप म्यानेजर र अपरसेसन इन्चार्जका लागि कम्तीमा पनि बैंकिङ क्षेत्रमा अफिसर पदमा रही ३ वर्षको अनुभव हासिल र सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यी दुवै पदका लागि उमेद हद भने पुरुषका लागि २२ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलालाई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी ब्रान्च मेनेजरका लागि भने कम्तीमा ५ वर्षको कार्यानुभव र सम्बनधी विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेको हुनुपर्नेछ । यो पदका लागि उमेद हद पुरुषका लागि २९ वर्ष पूरा भई ५० वर्ष ननाघेको र महिलाको हकमा ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले www-civilbank.com.np मा गएर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति आउँदो फेब्रुअरी ५ तारिखसम्म तोकिएको छ ।