काठमाण्डौ । दोश्रो बजारमा तीव्रताका साथ मूल्य बढिरहेको सिभिल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीलाई बोर्डले १ बराबर १ (सतप्रतिशत) हकप्रद निश्कासनको अनुमति दिएको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ११ हजार १४० कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । सतप्रतिशत हकप्रद सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर २२ करोड ८२ लाखको उचाईमा पुग्नेछ । 

दोश्रो बजारमा सिभिल लघुवित्तको सेयरमूल्य बढेर १४०० माथि पुगिसकेको छ । सतप्रतिशत हकप्रद स्वीकृत भएको खबरले यो मूल्य अझै माथि जाने देखिएको छ । 

सिभिल लघुवित्तको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ ।