काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । 

वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य दिएका थिए । 

सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उनले शुभकामना मन्तव्य राखेका थिए । 

सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ भने आ. व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती गर्दै २०७६ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

यसैगरी सभाले विशेष प्रस्ताव अन्तर्गत चुक्तापूँजीको ५ प्रतिशतले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा कृष्णप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हाल सम्म ४८ शाखाहरुमार्फत २७ ओटा जिल्लाहरुमा ३३ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब १ अर्ब २८ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।