काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सतप्रतिशत हकप्रद सेयर आज आइतबारबाट बिक्री खुला गरेको छ।

संस्थाले चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ को अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको हो। संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्कासन गरेको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। सेयरधनीहरुले सेञ्चुरी क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालय, सुन्धारास्थित सिभिल क्यापिटल मार्केट्सको कार्यालय, सिभिल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, नेपालगन्ज, वीरगन्ज, नारायणगढ, बुटवल, धनगढी, सुर्खेत तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयरुमा खरिद आवेदन दिन सक्नेछन्। 

यो हकप्रद सेयरमा भदौ १४ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।