काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ८.४८ प्रतिशतले घटेको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १ करोड ६० लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ९ करोड ६३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष ६ करोड ४६ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले ८३  करोड ३१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६१ करोड ४८ लाख रुपैयाँ सापटी लिई १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ६८ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष २ करोड ९ लाख रुपैयाँको रिजर्भको आकार बढेर ३ करोड ५२ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी ११ करोड ९८ लाख रुपैयाँबाट बढेर १७ करोड ८० लाख रुपैयाँ पुगेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.२६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६२.५८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ।