काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा रु. ३ लाख २९ हजार ७ सय ५१ रुपैयाँ जम्मा गरी सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषमा २०७७ साल असार मसान्तसम्ममा जम्मा भएको उल्लेखित रकम सहयोग गरेको हो ।