काठमाण्डौ । सिभिल बैंक लिमीटेडलाई धितोपत्र बोर्डले कात्तिक १ गते ४० प्रतिशत हकप्रद बिक्रीको अनुमति दिएको छ ।

बोर्डले सिभिल बैंकलाई १० बराबर ४ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका २ करोड ७ लाख ४० हजार ८ सय ८६.७५ कित्ता सेयर बिक्रीको अनुमति दिएको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल सिभिल बैंकको चुक्तापूँजी ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको उचाईमा पुुग्नेछ । अपुुग रकम बैंकले बोनस वितरण गरी पुर्याउने बैंकले जनाएको छ ।