काठमाण्डौ । सिमेन्ट उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा तीव्र बनेको छ । तीव्र प्रतिस्पर्धाकै कारण एकले अर्कालाई टक्कर दिने अफर सार्वजनिक भइरहेको छ । यही क्रममा पछिल्लो समय शिवम् सिमेन्ट र यूनाइटेड सिमेन्टबीच पनि ग्राहकलाई अफर दिने बिषयमा सार्वजनिक रुपमै प्रतिस्पर्धा चलेको छ । 

बुधबार शिवम् सिमेन्टले २० बोरा ओपीसी सिमेन्ट खरीद गर्ने ग्राहकलाई १ बोरा सित्तैमा उपलब्ध गराउने अफर सार्वजनिक गरेको थियो । बिहीबार त्यो अफरलाई समेत टक्कर दिंदै यूनाइटेड सिमेन्टले अझ परिस्कृत अफर सार्वजनिक गरेको छ । यूनाइटेड सिमेन्टले पनि विशेष योजना अन्तगरत १५ बोरा यूनाइटेड सिमेन्ट खरीद गर्दा १ बोरा सिमेन्ट सित्तैमा पाउने अफर सार्वजनिक गरेको हो । 

के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ । 

ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्टी« रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आङ्खनो ग्राहक बर्गमाझ वितरण गरिरहने प्रतिबद्धता समेत जनाएको छ ।