काठमाण्डौ । एनआइसी एशिया बैंकले सिरहाको नरहा गाउँपालिकामा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

सिरहाको नहरा गाउँपालिका वडानम्बर ५ स्थित स्थापित शाखाको गाउँपालिकाका अध्यक्ष रामशरण यादवले चैत ३ गते एक समारोहका बीच उद्घाटन गरे । 

सो समारोहमा गाउँपालिकाका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार पुगेको छ ।