काठमाण्डौ । एनआइसी एशिया बैंकले सिरहाको भगवानपुर गाउँपालिकामा नयाँ शाखा स्थापना गरी चैत १ गतेदेखि औपचारिक रुपमा आफ्नो कारोबार शुभारम्भ गरेको छ । 

एक समारोहका बीच भगवानपुर गाउँपालिका वडानम्बर १ स्थित शाखाको सो गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद यादवले उद्घाटन गरेका बैंकले जनाएको छ । 

योसहित बैंकको शाखा सञ्जालको संख्या २८१ पुगेको छ । यस्तै, देशभर २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल समेत स्थापना भएको छ । 

करिब १४ लाख ५० हजार ग्राहक रहेका यो बैंकको पछिल्लो सबै प्रमुख वित्तीय परिसुचक निकै उत्साहजनक रहेका छन् ।