काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बैशाख ४ गते आफ्नो ८३ औं  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका बैंकले जनाएको छ । 

सो कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै पूर्वी नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा बताएका थिए । 

योसँगै प्रदेश नं. २ मा ११ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बैंकले जनाएको छ ।