काठमाण्डौ ।  सिभिल बैंकले प्रदेश नम्बर २ स्थित सिरहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन सोमबार एक कार्यक्रमबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेका बैंकले जनाएको छ । 

शाखाको उद्घाटन समारोहमा मेयर साहसहित, पत्रकार महासंघका सभापति रामबाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

सो कार्यक्रममा मेयर साहले गोलबजारको बढ्दो आर्थिक गतिबिधिसंगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए । 

बैंकका प्रदेश प्रमुख श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउँदै सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि सहयोग गर्ने बताएका थिए।

सिभिल बैंकको यस गोलबजार शाखासहित बैंकको कुल शाखा संख्या ७७ पुगेकोे पनि बैंकले जनाएको छ ।