काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो आज शुक्रबारदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ १० सेयरबराबर ६ सेयर (१०:६) को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

गत असोज ५ गतेसम्म सेयरधनी कायम भएकाहरुले मात्र हकप्रद सेयर खरिद गर्न पाउने छन् ।

सेयरधनीहरुले कात्तिक २१ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तोकिएको छ । सेयरधनीहरुले सनराइज क्यापिटल लिमिटेडको कमलपोखरीस्थित कार्यालय, सिर्जना फाइनान्सको विराटनगर केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगन्ज र बुटवलबाट सेयर खरिद आवेदन दिन सक्छन् ।

त्यस्तै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट पनि सेयर खरिदको आवेदन दिन सकिनेछ ।