काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरका लागि आवेदन दिने आज शुक्रबार अन्तिम मौका रहेको छ । 

गत असोज १७ गते कम्पनीले १०ः६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले रु. १०० अंकित २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले मंसिर ६ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिने जनाएको थियो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।